फलोअप: जीप चालक थापाको मृत्यु
घाइते द्वय वृद्धाभत्ता लिन पाेखरा झरेका थिए
पाेखरा | माघ १०, २०८०
पोखरा: पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दुर्घटनामा घाइते भएका चालक कृष्ण थापाको मृत्यु भएको छ ।
उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएका ग्यारजातीका ४९ वर्षीय थापालाई चिकित्सकले बिहान १०: २० बजे मृत घोषणा गरेका हुन् ।
आज बिहान करिब सवा ९ बजेतिर पोखरा झर्दै गरेको दुध बोकेको ग ३ च २६०३ नम्बरको बोरेलो जीप सडकबाट करिब २० फिट तल खसेको थियो ।
मृतक थापालाई च्यापिएको अवस्थाबाट उद्धार गरिएको थियो ।
दुर्घटनामा परी परी घाइते भएकी ७० वर्षीया चन्द्रकला थापा र ६९ की हिमकला थापाको उपचार भइरहेको बताउदै खतरामुक्त भएको कास्की प्रहरीले जनाएको छ ।
घाइते द्वय वृद्धा भत्ता लिन पोखरा आएको बताइएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

